जलवायुको आसरः नेपालीहरुले सबैभन्दा बढी खडेरीको सामना गर्न बाध्य

सगरमाथा संवाद


काठमाडौं । जलवायु परिवर्तनका असरहरु नेपालमा प्रत्यक्ष रुपमा देखिएको छ । राष्ट्रिय तथ्याकं कार्यालयले केही समय अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीहरुले सबैभन्दा बढी खडेरीको सामना गर्नुपरेको छ । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रव्यापी दोस्रो सर्भेक्षण २०२२ अनुसार ६५.४ प्रतिशत उत्तरदाताले जलवायु परिवर्तनले खडेरी निम्त्याएको उल्लेख छ ।

त्यस्तै ५४.३ प्रतिशतले रोग–किराको प्रकोप फैलिएको, ४६.२ प्रतिशतले हावाहुरी, ३२.६ प्रतिशतले भुमरी, २८.५ प्रतिशतले बाढी, २१.७ प्रतिशतले शितलहर, २१.५ प्रतिशतले पहिरो लगायत जलवायुजन्य विपद्हरु बढाएको बताए । जलवायु परिवर्तनकै कारण उनीहरु चट्याङ, आगलागी, लु, बिषम खालको वर्षा, भुक्षय जस्ता विपद्हरु व्यहोर्न बाध्य छन् ।

थापाथलीस्थित तथ्याकं कार्यालयले जलवायु परिवर्तनका प्रभावबारे भएका वैज्ञानिक अध्ययनहरुका आधारमा मानिसहरुको बुझाइ, भोगाइ र अनुकुलनका अभ्यासहरुबारे थाहा पाउन देशव्यापी अध्ययन गरेको बताएको छ ।

‘यस अघि सन् २०१६ मा पनि जलवायु परिवर्तनको प्रभावबारे पहिलो सर्भे गरेको थियो । ०७८ सालको राष्ट्रिय जनगणनाकै क्रममा जलवायु परिवर्तनको प्रभावबारे पनि सर्भे गरिएकोमा विश्लेषण गरेर सोमबार प्रतिवेदन सार्वजनिक गरिएको हो ।