सगरमाथा संवाद कसैसँग प्रतिस्पर्धा गर्नका लागि सञ्चालनमा ल्याएकाे अनलाइन हाेइन । हतारमा सूचना दिने नाममा गलत सूचना दिने भन्दा थाेरै ढिला भए पनि सहि सूचना दिने हाम्राे लक्ष्य छ । अभाव, दबाब र प्रभावकाे भारीले थिचेर सहीलाई गलत र गलतलाई सही प्रमाणित गर्ने ध्येय पनि हाम्रो हाेइन । हामी सकेसम्म शासकका स्तुतिमा भन्दा भुइँमान्छेका कथालाई स्थान दिने प्रयास गर्ने छाैं । जलवायुका कुरा, राष्ट्र र राष्ट्रियताका कुरा, अर्थका कुरा, असल राजनीतिका कुरा, पहाडका कथा, हिमालका व्यथा, तराई कुरा हाम्रा खास सामग्री हुनेछन् । हामी हतार गर्ने हाेइन विस्तारै तर हजारौं माइलकाे यात्रामा छाैं । तपाईंहरुका सही सूचना हाम्रा समाचार हुनेछन् ।