काठमाडौं, २८ माघ । प्रेस चौतारी नेपालको प्रतिष्ठान प्रदेश मातहत रहेका प्रभावशाली शाखाहरु रासस शाखा र गोरखापत्र संस्थानको आज पाँचौ अधिवेशन सम्पन्न भयो । रासस अन्तर्राष्ट्रिय समाचार डेस्कमा कार्यरत कुमार अभिनवको नेतृत्व र गोरखापत्र संस्थानमा नगेन्द्र सापकोटाको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ समिति चयन भयो । रासको कार्यसमितिको उपाध्यक्ष कुम्भराज राई, सचिव कुमारीकमला पौडेल, सहसचिव सीता अर्याल, कोषाध्यक्ष मुना भण्डारी, सदस्यहरु सीता भट्टराई, सुमित्रा अधिकारी, ओमप्रकाश बोहरा र सुुषमा बस्नेत चयन हुनुभयो । केन्द्रीय प्रतिनिधिमा शरदकुमार शर्मा र मधुु शाही तथा प्रतिष्ठान प्रतिनिधिमा तिलक भुसाल, अभिलाषा पोखरेल र शर्मिला पाठक चयन हुनुभयो उहाँहरुलाई बधाई ।

चौतारी केन्द्रका उपाध्यक्ष राजेश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, चौतारीको प्रतिष्ठान इञ्चार्जको हैसियतमा म, चौतारीकम पूर्व उपाध्यक्ष राजेन्द्र विष्टलगायत अतिथि रहेका थियौं । बन्दसत्रमाको अध्यक्ष मण्डलको अध्यक्ष मित्र प्रकाश सिलवाल र सदस्यमा कालिका खड्का र किरण भट्टराई हुनुहुन्थ्यो । यता गोरखापत्रमा सापकोटाको नेतृत्वमा उपाध्यक्षद्वयमा मनोजरत्न शाही, सपना थामी, सचिवमा केशब गुरुङ, सहसचिवद्वयमा प्रमोदकुमार टण्डन र सागर बस्नेत, कोषाध्यक्षमा महिमा देवकोटा चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा विनु श्रेष्ठ, दीपा चौधरी, अर्पणा अधिकारी, आशा गुप्ता साह, ममता गिरी र इन्दिरा अर्याल सर्वसम्मत चयन हुनुभयो ।
गोरखापत्रको निर्वाचन सम्पन्न गर्न चार सदस्य निर्वाचन समितिको संयोजकमा केपी गौतम, सदस्यहरुमा लक्की चौधरी, लीलाधर उपाध्याय र सरोज ढुङ्गेल सदस्य रहनुभएको थियो । अधिवेशनले दुई जना केन्द्रीय प्रतिनिधि र चार जना प्रदेश प्रतिनिधि पनि चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा लक्की चौधरी र अर्पणा अधिकारी चयन हुनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा शेखर चौलागाई, ममता गिरी, विनु श्रेष्ठ र महिमा देवकोटा चयन हुनुभयो ।

सगरमाथा संवाद
१३ बैशाख २०८२, शनिबार