पेशागत महासंघका महासचिव तथा निजामति कर्मचारी संगठनका पुर्व केन्द्रिय अध्यक्ष केदार देवकोटाले सरकारले आर्थिक भार काम गर्न शिक्षा ऐन ल्याउन ढिलाई गरेको बताएका छन् । ओखलढुंगामा पेशागत संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा आएका देवकोटाले सो कुरा बताएका हुन् ।
२०२८ सालको शिक्षा ऐनकै आधारमा कार्य सम्पादन हुँदा विभिन्न समस्या रहेको बताउँदै उनले उक्त ऐनले कार्य सम्पादनमा सकस भइसकेको जिकिर गरे । नयाँ र समय सापेक्ष शिक्षा ऐन ल्याउँदा आर्थिक भार पर्ने मनसायले सरकारले शिक्षा ऐन ल्याउन ढिलाई गरेको उनको भनाई छ ।
तर सरकारले त्यो बाहानामा शिक्षा ऐन ल्याउन ढिलाई गर्न नहुँने बताउँदै महासचिव देवकोटाले लाखौँ शिक्षक र कर्मचारीको समस्यालाई मध्यनजर गर्दै चाँडै शिक्षा ऐन ल्याउनु पर्ने बताए ।
शिक्षक र सरोकारवालाको आन्दोलनलाई सरकारले कम आँक्न नहुँने चेतावनी दिँदै शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउन सरकारलाई देवकोटाले आग्रह गरेका छन् ।
सगरमाथा संवाद
१५ बैशाख २०८२, सोमबार