११ चैत, काठमाडौं । सन् २०२७ मा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ । मलेसियाविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा छ । सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुनेछ । एसियन कपमा पुग्ने अन्तिम चरणको चरणमा दुवै टोलीको लागि यो पहिलो खेल हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।
सगरमाथा संवाद
१२ बैशाख २०८२, शुक्रबार