संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउन सर्च कमिटी

सगरमाथा संवाद


काठमाडौं, ११ चैत । नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा बसेको छ । बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने सर्च कमिटी गठन गर्ने सहमति भएको छ ।

उक्त सहमतिपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल बाहिरिएका छन् । प्रचण्ड बाहिरिएपछि पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थप छलफल गरेका छन् । सिंहदबारमा शीर्ष बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकका लागि मन्त्रीहरु आइपुगेका छन्