युथ सेलिब्रेसनमा सुनिताको लोभलाग्दो सम्वोधनः बालेनलाई स्टन्ट नगर्न चेतावनी

सगरमाथा संवाद

काठमाडौं, १२ बैशाख । नेकपा (एमाल) ले लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको युुवा उत्सव (युुथ सेलिब्रेसन) कार्यक्रममा सबै भन्दा बढी चर्चा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको भएको छ । उनको सम्वोधनले कार्यक्रममा सहभागीहरु मात्रै उत्साहित भएनन् उनको सम्वोधनको चर्चा पनि बढी नै भयो । उनले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएको भन्दै सम्वोधन गर्दा धेरैले ताली बनाएका थिए ।

त्यति मात्रै होइन अरु बेला शालिन हुने डंगोल त्यो कार्यक्रममा भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति आक्रोशित बनिन् । नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट हुनु पर्ने भन्दै उनले जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउने उल्लेख गरिन ।

नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको भन्दै डंगोलले मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने उल्लेख पनि उनले गरिन । काठमाडौं महानगरपालिकाका मेयर साहलाई लगित गर्दै उनले सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउन आग्रह गर्दा त्यहाँ तालीको गडवडाहट सुनिएको थियो । ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ,’ उनले खुलेर भनिन् ।

डंगोलले एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको पनि बताइन । उनले प्रधानमन्त्री केपी ओली र आफूमाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्ने बताइन्। उनले प्रधानमन्त्री ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको बताइन्।