हितेन्द्रदेवलाई आलोचना गर्नेहरुले हेर्नुपर्ने कुलमानका पालाको पत्र

सगरमाथा संवाद


काठमाडौं, ४ बैशाख । गत बिहीबार साँझ साढे ६ बजेतिर ढल्केबार मुजरफपुर लाइन वरिपरी ठूलो चक्रवात हुँदा ढल्केवर नवलपुर लाइनमा रुखको ठूलो हाँगा खसेर क्षति भएपछि विद्युत प्रसारणमा अवरोध भएको भयो ।
भारतबाट विद्युत् आयात गर्ने ४०० केभी ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा त्यसको प्रत्यक्ष प्रभाव पूर्वी तथा मध्य नेपालका क्षेत्रमा देखियो र विद्युत् प्रसारण अवरुद्ध भयो ।

त्यस लगत्तै नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प्रणाली सञ्चालन विभाग स्यूचाटार पुग्नुभयो र उहाँले मध्यरातसम्म निरन्तर खटेर समस्याको समाधानको उपायको खोजी गर्नुभयो । त्यहि घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टिकापिप्पणी मात्रै आएनन् । प्राधिकरणमा नयाँ नेतृत्व आउने वितिक्कै लोडसेडिङ सुरु भएको भन्दै सरकार र कार्यकारी निर्देशक शाक्यको तिव्र आलोचना भयो ।

सत्य–तथ्य के–हो ? भन्दा पनि सामाजिक सञ्जालमा आएका टिकापिप्पणीलाई आधार बनाएर तिव्र आलोचना हुनथालेपछि भोलिपल्टै शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारमै पत्रकार सम्मेलन गरेर उहाँले यो विशुद्ध प्राविधिक समस्या हो भन्दै त्यसलाई लोडसेडिङसँग जोड्नु गलत भएको टिप्पणी समेत गर्नुभयो ।
त्यति मात्रै होइन पत्रकार सम्मेलनमा एक पत्रकारले उहाँलाई नयाँ नेतृत्व फेरिने वितिक्कै किन लोडसेडिङ सुरु भएको ? भन्दै सामाजिक सञ्जालमा आएका टिप्पणी जस्तै प्रश्न गर्नुभयो । त्यतिबेला शाक्यले नरम शैलीमा समस्या आएको होइन, समस्या आएको जस्तो देखिएको हो भन्दै विगतको नेतृत्व हुँदा पनि यो समयमा यस्तो हुने गरेको तर्क पेश गर्नुभयो । उहाँले विगतका वर्षमा पनि यो समयमा मौसम शान्त नहुँदा यस्तो समस्या आउने गरेको भन्दै आफूसँग रेकर्ड नै भएको उल्लेख गर्नुभयो । ‘पोहोर साल ८० को चैत–वैशाखमा यस्तै समस्याहरु पटकपटक धेरै ठाउँमा आयो भनेर कमिटी गठन भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो पत्र पनि चेक गर्नुभयो भने यहाँ कतै हुन सक्छ ।

त्यतिबेला पनि कमिटी गठन भएको थियो,’ उहाँले भन्नुभएको थियो, ‘पोहोर पनि यस्तै धेरै पटक समस्या आयो भनेर त्यसलाई समाधान गर्नको लागि भनेर कमिटी गठन भएको । यसो भन्नुको काराण नयाँ नेतृत्व आएपछिको यो समस्या होइन पहिलो पनि यहि समयमा यस्ता समस्या आएका थिए भन्न खोजेको हुँ ।’

उहाँले त्यहि सन्र्दभलाई जोडेर त्यहिबेला बढी संवेदनशील हुनुको कारणचाँहि नयाँ दुलही आएको छ, नयाँ दुलहीले के गर्छे, कसो गर्छे, खोक्छे कि, के गर्छे भनेर ध्यान दिए जस्तै भएका कारण भएको हो भन्दै रोचक सन्र्दभ जोडेर प्रतिक्रिया दिनुभएको थियो ।
उहाँले सार्वजनिक रुपमै यति भन्दा पनि अहिले बलेको बत्तीमुनि बसेर बिजुली गयो भन्ने कथा बनाउनेहरुको जमात जसरी पनि हितेन्द्रदेवलाई खुइल्याउने खेलमा लागिरहेका बेला कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा रहेका बेलाको एउटा पत्र सार्वजनिक भएको छ ।
शाक्यले सार्वजनिक रूपमै विगतमा पनि झ्याप्प झ्याप्प बत्ती जाने समस्या भएको र अध्ययन समिति नै बनेको भनेको कुरा तथ्य भएको त्यो पत्रले पुष्टि गरिदिन्छ । हो, उहाँले भने जस्तै घिसिङ प्राधिकरणको नेतृत्वमा हुँदा पनि यस्तै समिति बनेको पत्र अहिले सार्वजनिक भएको छ । २०८० साउन २६ मा विद्युत प्राधिकरणले वितरण प्रणालीमा देखा परिरहेका विभिन्न समस्याको अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न एक अध्ययन तथा राय सिफारिस समिति गठन गरेको पत्र अहिले सार्वजनिक भएको छ ।
त्यो पत्रमा अचानक लाइन ट्रिप हुने, भोल्टेज स्तर अस्वाभाविक रूपले घटबढ हुने तथा न्यून भोल्टेजका कारण विद्युतीय उपकरणहरू चल्न नसक्ने समस्याहरू व्यापक रूपमा देखापरेपछि समिति बनाइएको उल्लेख छ ।

त्यो पत्रका अनुसार समिति संयोजकको जिम्मेवारी तत्कालीन उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानलाई दिइएको थियो । सदस्यहरूमा निर्देशक कमल आचार्य, प्रबन्धक थर्क बहादुर थापा, उपप्रवन्धक सुरज दाहाल, र इन्जिनियर करम हुसेन खान हुनुहुन्थ्यो ।

त्यतिबेला प्राधिकरणले सो समितिलाई ७ दिनभित्र अध्ययन सम्पन्न गरी रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएअनुसार आवश्यक सुझावसहित सिफारिस समेत गरेको प्राधिकरणको भनाई छ ।

तत्कालिन कार्यकारी निर्देशक घिसिङको सचिवालयका सह–निर्देशक डोलनाथ कँडेलले हस्ताक्षर गरेको सो पत्रमा प्रष्टसँग त्यतिबेला पनि विद्युत वितरण प्रणालीमा अचानक लाइन जाने समस्या रहेको उल्लेख छ । यति हुँदा पनि अनावश्यक फूलबुट्टा भरेर आलोचनामा रमाउनेहरुलाई हितेन्द्रदेव शाक्यले कामले जवाफ दिए पुग्छ आलोचनामा घोत्लिनु पर्दैन ।