भारतबाट भित्रिदैँ कोरोना, एकै दिन पाँच जनामा कोरोना संक्रमण

सगरमाथा संवाद


कञ्चनपुर, २३ जेठ । भारतबाट फर्किएका पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । गौरीफन्टा नाका हँुदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको हो ।

सो नाका हुँदै फर्केका पाँच महिलाको ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन् ।

कोरोना सङ्क्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न भनिएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको छ ।